जहाजमा समस्या भएपछि श्री एयरलाइन्सलाई उडानमा प्रतिबन्ध ।
पोखरा:
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएपछि सबै ८ वटा जहाज ग्राउन्डेड भएका छन् ।
हिजो बिहीबार काठमाडौंबाट भैरहवा जाँदै गरेको जहाजमा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।
हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ । बहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


