सडकबिना पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशका पुर्वसचिव विरुद्ध मुद्दा दायर ।
काठमाण्डौ:
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदीमाथि सडकबिना मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मरहठ्ठाविरुद्ध मुद्दा दायर गरेको हो । सोही कसूरमा अन्य दुई जना कर्मचारीमाथि पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी मरहठ्ठाले राज्यको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरिएको जनाएको छ ।
अख्तियारका अनुसार पूर्वसचिव मरहठ्ठाले दरौदी खोलामा काल्पनिक पुल निर्माणको डिजाइन गराएर भुक्तानी गराएका थिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम अख्तियारले मरहठ्ठाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
समाचार
थप सामाग्री
प्रचारप्रसारमा कडाइ गर्दै स्याङ्जा प्रशासन
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि…


