रनवेमा केटाकेटी कुदेपछि विमान केही बेर विराटनगरको आकाशमै होल्ड ।
विराटनगर :
विराटनगर विमानस्थलमा आज दिउँसो साढे ४ बजेतिर स्थानीय केटाकेटीको एक हुल रनवेमा प्रवेश गरेपछि श्री एयरलाइन्सको विमान अवतरणका लागि केही बेर होल्ड गर्नुपरेको छ ।
एयरपोर्टको दक्षिणतिरबाट ७–८ वर्षका केटाकेटी एक्कासि रनवेमा प्रवेश गरेका थिए । विराटनगर विमानस्थलका निमित्त प्रमुख युवल बरालका अनुसार सोही कारण श्री एयरलाइन्सको जहाज अवतरणका लागि ४ मिनेट जति होल्ड गर्नुपरेको थियो ।
‘विमान अवतरण हुनै लाग्दा बच्चा छिरेको देखियो, अनि केही समय विमान आकाशमै घुम्नुपरेको हो,’ बरालले भने, ‘दिउँसो साढे ४ बजेतिरको समयमा फेन्सिङ साइडबाट ३–४ जना केटाकेटी छिरेछन् । उनीहरु स्थानीय हुन् । उनीहरुलाई नियन्त्रणमा लिएपछि जहाज आयो फेरि उडेर गयो । केही भएन । ठूलो केही भएको होइन ।’ उनीहरुलाई सम्झाइबुझाई गरेर अभिभावकको जिम्मा लगाइएको उनले जानकारी दिए ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


