सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ ।
काठमाण्डौ:
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।
कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।
कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश बिष्णु सुवेदीको इजलासले उनलाई आगो लगाएको मुद्दामा दोषी ठहर गरेको थियो । कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरीसहितका विरुद्ध किटानी जाहेरी दिएका थिए । यही मुद्दामा पर्शुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


