वालिङमा फुटबल भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण गरेपछि……..
वालिङ :
फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा खेल मैदानमा लगेर एकाएक हेलिकप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि स्थानीयले आक्रोश पोखेका छन् ।
बिहीबार अपराह्न स्याङ्जाको वालिङमा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि सामान्य हातपात भएको हो।
पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो। खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए।
वालिङका केही युवाहरुले चार्टर गरेर वालिङ ल्याएकाे बताइएकाे छ।
यसबारे थप अनुसन्धान भइरहेकाे स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।

Facebook Comments Box
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


