विमान दुर्घटना : २४ शवको पोखरामा र ४६ शवकाे काठमाण्डाैमा पोस्टमार्टम हुने
कास्की : यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ शवकाे पोखरामा पोस्टमार्टम हुने भएको छ ।
२४ जना शवको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयाे ।
सदाकत अलि मिया, त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धि पौडेल, जीवनकला गुरुङ, डा. गणेश थापा, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङकाे शवकाे पोखरामा पोस्टमार्टम हुने भएकाे छ ।
बाँकी ४६ जनाको शव आज बिहान काठमाण्डाै पठाउने तयारी छ। काठमाण्डाैमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ । अहिले बिहान हेलिक्टरमार्फत् शव काठमाण्डाै लगिने शाहीले बताउनु भयाे । पोखरामा रहेका शवहरु केहीको पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको उहाँले बताउनु भयाे । अहिले पनि पोस्टमार्टमको काम भइरहेकाे छ ।
बाँकी दुई जनाको शव ड्राेनको समेत प्रयोग गरेर आज बिहानदेखि नै खोजी भइरहेको उहाँले बताउनुभयाे। file-pic



समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


