‘डब्लुएचओ’द्वारा भारतीय कम्पनी मेरियन बायोटेकका दुई औषधी प्रयोग नगर्न सुझाव ।
काठमाण्डौ:
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनी मेरियन बायोटेकका दुई औषधी गुणस्तरहीन रहेको भन्दै प्रयोग नगर्न सुझाएको छ।
खोकी निदानका लागि प्रयोग गरिने मेरियन बायोटेकका दुई झोलिलो औषधी गुणस्तरहीन रहेको ठहर विश्व स्वास्थ्य संगठनले गरेको हो।
उज्बेकस्तानमा त्यही कम्पनीको औषधी प्रयोग गर्दा बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले गुणस्तर जाँच गरेको थियो। बुधबार विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरियन बायोटेकका ती उत्पादन गुणस्तरहीन छन् कुनै पनि मापदण्डको पालना भएको छैन।’
विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न सुझाएको औषधीमा एम्ब्रोनोल र डोक वान म्याक्स सिरप हुन्। प्रयोगशालामा जाँच गर्दा ती दुई औषधीमा अत्यधिक मात्रामा डाइइथालिन ग्लाइकोल र इथालिन ग्लाइकोल पाइएको छ। यी रसायनको मात्रा बढी भएमा केन्द्रीय स्नायु प्रणालीमा असर पुर्याउँछ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


