वालिङ १४ मा बृहत प्रजनन स्वास्थ्य तथा आँखा शिविर सम्पन्न
वालिङ :
वालिङ १४ मा बृहत प्रजनन स्वास्थ्य तथा आँखा शिविर सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजनामा, वालिङ वडा नं १४ वडा कार्यालय तथा थुमपोखरा स्वास्थ्य चौकीको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुदैं वालिङ नगर प्रमुख कृष्ण खाँणले स्वास्थ्य सबै भन्दा ठुलो धन भएकाले स्वास्थ्य सम्बन्धि यस्ताखाले शिविरहरु ६/६ महिनाको अन्तरालमा सञ्चालन गर्ने बताउनुभयो । साथै यी कार्यक्रमलाई निन्तरताका लागि नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारीले स्वास्थ्य शिविर वालिङका प्रत्येक वडाहरुमा सञ्चालन गर्ने बताउनुभयो साथै उहाँले दिर्घकालिन रोगिहरुको खोजिका लागि घरदैलो अभियान नै सञ्चालन गर्ने र लेखाजोखा राखि आवश्यक सहयोग समेत गर्ने बताउनुभयो ।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार तथा यौन रोगको उपचार बाट १४८, एचआईभि एडस् जाँच बाट ११७, आँखा जाँच सेवाबाट १८३ र गर्भवती भिडियो एक्सरे जाँच बाट १३ जना गरि जम्मा ४६१ जनाले सेवा लिनुभएको छ । वालिङ १४ वडा अध्यक्ष बोधराज कुँवर (राजु) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन थुमपोखरा स्वास्थ्यचौकी प्रमुख सुनिता तिवारीले गर्नुभएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


