वडा प्रहरी कार्यालय वालिङबाट भागेका बलात्कारका आरोपी क्षेत्री पक्राउ ।
स्याङ्जा, २० पुस ।
वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका एक जना बलात्कारका आरोपित व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्धामा हिरासमा रहेका हरिनास गाउँपालिका ७ को २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई नै लडाएर भागेका थिए ।
क्षेत्रीलाई वालिङ नगरपालिका वडा नं. ४ को जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएकोे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
क्षेत्रीलाई स्याङ्जाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो ।
जबरजस्ती करणी मुद्धामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीर बहादुर सुनार लडेर घाईते समेत हुनु भएको थियो ।
फरार भएका क्षेत्रीको खोजीका लागि प्रहरी सक्रिय भएर लागेको थियो भने जिल्लाबाट बाहिर जाने सबै नाकामा कडाई गरिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


