गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष कैद फैसला ।
बाग्लुङ :
बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ।
अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बाग्लुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।
गाउँपालिकाको अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ को अध्यक्ष रहेका घर्ती २०७७ असार १२ गते ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए। सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा. भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजायको निर्धारण गरेको हो।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


