प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि आह्वान
काठमाण्डाै : प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावबाट यस वर्ष संसदमा १२ वटा राजनीतिक दल र चार जना स्वतन्त्र सांसद विजयी भएका छन् । सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । Pic-File
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


