स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित ।
स्याङजा,मङ्सिर १६ गते ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित हुनु भएको छ । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा –एमाले)का मोहन प्रसाद रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।
अर्यालले १५ हजार एक सय ६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार चार सय ३१ मत ल्याउनु भयो ।
रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत रहनु भएको छ । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढि मतान्तरले निर्वाचित हुनु भएको थियो । तर यो पटक भने आफू विजयी हुँदाको जस्तै अन्तरवाट पराजित हुन पुग्नु भयो । रेग्मी एमालेको संगठन मजवुत रहेको आफ्नै वडामा समेत पछाडि पर्नु भएको थियो ।
विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


