प्रतिनिधि सभा समानुपातिकतर्फ ८४ लाख २१ हजार मत गणना : एमाले पहिलो
काठमाण्डाै : प्रतिनिधि सभा समानुपातिकतर्फ अहिलेसम्म ८४ लाख २१ हजार ७ सय ५३ मत गणना भएको छ ।
यो विवरण अनुसार एमालेको अग्रता कायमै छ । कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो बनेका छन् । निर्वाचन आयोगको आज १२ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिकतर्फ २३ लाख १६ हजार ७३६ मत प्राप्त गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसले २१२ लाख १८ हजार ७७६, माओवादी केन्द्रले ९ लाख ६९ हजार ३९६ मत पाएको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले ९ लाख २८ हजार ४८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ८०६, जनता समाजवादी पार्टी, नेपालले २ लाख ८९ हजार २३४, नेकपा (एकीकृत समाजवादी) २ लाख २४ हजार ७५२, जनमत पार्टीले २ लाख २३ हजार ८२७, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ६६५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २० हजार १८८ मत प्राप्त गरेको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


