एमाले स्याङ्जामा कुटपिट, कार्यालय तोडफोड
प्रकाश डोटेल,
स्याङ्जा, ११ मंसिर ।
नेकपा एमाले स्याङ्जामा अन्तरघात गरेको भन्दै कुटपिट भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा काँग्रेस उम्मेदवार राजु थापासँग एमाले उम्मेदवार नारायण प्रसाद मरासिनी हारेपछि अन्तरघात भएको भन्दै एमालेभित्र कुटपिट भएको हो ।
कुटपिटबाट एमाले जिल्ला कमिटि सदस्य तथा पुतलीबजार नगरपालिका वडा नं. १३ का ईन्चार्ज लक्ष्मीपति सुबेदी घाईते भएका छन् । ४९ वर्षिय घाईते सुबेदीको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
घाईते सुबेदीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।सुबेदीको टाउकोमा २ वटा टाँका लगाईएको छ । स्थानीय मेडिकल र जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि सुबेदीको पोखरामा थप उपचार गरिएको छ ।
सुबेदीमाथि सांघातिक आक्रर्मण हुँदा उनकी १८ वर्षिय छोरी विनिता सुबेदी समेत घाईते भएकी छन् । उनको टाउको, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको स्थानीयले बताए । आक्रमणमा परेका बुबालाई जोगाउन जाँदा छोरीलाई चोट लागेको हो ।
अन्तरघातको आरोपमा कुटिएका सुबेदीले मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरीपछि कुटपिटमा संलग्नको खोजिकार्य भईरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।
सुबेदीलाई कुटपिट गर्नु पूर्व युवाहरुले एमाले स्याङ्जाको पार्टी कार्यालय तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयका कुर्चि, टेबल र झ्यालका सिसाहरु फुटेको एमाले स्याङ्जाले जनाएको छ ।
एमाले स्याङ्जाभित्र नारायण मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप चलेको छ । मरासिनी पराजित भएसँगै अर्याल समर्थित क्षेत्र नं. १ का कार्यकर्ता त्रसित बनेका छन् । त्रसित केही स्थानीय नेताले सामाजिक सञ्जाल मार्फत सुरक्षाको माग गरेका छन् ।
युवाहरुले फोन मार्फत आवश्यक परे भौतिक आक्रमण गर्ने भन्दै धम्क्याउने गरेको अर्याल समर्थित कार्यकर्ताले बताएका छन् । मरासिनीलाई अन्तरधात गर्नेहरुले चुनाबको अघिल्लो रात लगेको पैसा समेत नबाँढेको आरोप लागेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


