नवौं राष्ट्रिय खेलकुद : पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको उपाधि ।

वालिङ, कार्तिक ३ गते ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ ।
बिहीबार स्याङ्जाको वालिङमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।
एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन । पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काएकी हुन ।
महिला फुटबलमा कास्य पदक अर्काे विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कांस्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गरेको हो ।

 

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP