लोकतान्त्रिक गठबन्धन आजको आवश्यकता : स्याङ्जा-१ का प्रतिनिधि सभा उम्मेदवार थापा

raju thapa kumar rana

स्याङ्जा :

स्याङ्जा क्षेत्र नंं १ को प्रतिनिधि सभा उम्मेदवार राजु थापाले लोकतान्त्रिक गठबन्धन आजको आवश्यकता रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुको बिकल्प नरहेको बताउनुभयो । बुधबार आँधीखोला गाउँपालिकामा आसन्न महानिर्वाचनको चुनाबी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुदै सो कुरा बताउनुभएको हो । वडा नं ५ को जुग्ले बजारमा अवस्थित सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्नुहुदै उहाँले लोकतान्त्रिक गठबन्धन विजयी नभए देशको संविधान नै सकिने अवस्था सिर्जना हुने कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “लोकतान्त्रिक गठबन्धन आजको आवश्यकता हो । गठबन्धनका उम्मेदवार विजयी नभए देशको संबिधान नै बिग्रने स्थितिमा जाने छ । त्यसैले गठबन्धन उम्मेदवारलाई विजयी बनाउनुको बिकल्प छैन ।” जनताका आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आमुल परिवर्तन गर्नको लागि गठबन्धनको जन्म भएको र यी आवश्यकता पुरा गर्ने अठोटका साथ जनतामाझ आएको उहाँको भनाई छ ।

हाम्रो देशका जनशक्तिहरु विदेश पलायन हुने क्रम पछिल्लो समय बढेको र यसको न्युनिकरणका लागि युवाहरुलाई स्वरोजगार बनाउनको लागी नेपालमै रोजगारीको व्यवस्था गर्ने बताउनुभयो ।

कार्यक्रममा  क्षेत्र नं १ प्रदेश (ख) का उम्मेदवार बुद्धि बहादुर राना (कुमार)ले लोकतान्त्रिक गठबन्धन नेपाली राजनीतिको उपलव्धीका लागि रक्षा गर्न गरिएकाे बताउनु भयो ।
देश निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको भन्दै सामाजिक रुपान्तरणका लागि काँग्रेस नेतृत्वकाे गठबन्धन लागि रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘सबैले रुख चिन्हमा मतदान गरेर समाज रुपान्तरणका लागि सहकार्य गरौं ।’
युवापुस्ता बिदेश गएर निक्कै कमजोर र तल्लो स्तरको काम गर्न बाध्य रहेको भन्दै रानाले दक्ष नेपाली तयार गर्ने र नेपालमा नै रही देशको मुहार फेर्न योग्य बनाई आर्थिक उन्नती गराउन काँग्रेस र गठबन्धनको जीत अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका नेता शैलेन्द्र घिमिरे लगायतले बोल्नुभएको थियो । साथै भिरकोट नगरपालिका मा पनि सम्पर्क कार्यालयको उद्घाटनसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्र रुपमा अगाडि बढाएको नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गरुङले जानकारी दिनुभयो । File-picture

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP