स्याङ्जामा पनि मनाईयो ‘विश्व योग दिवस’ (फोटो फिचर सहित)।

राधाकृष्ण डुम्रे / स्याङ्जा :
आज विश्व योग दिवस संयुक्त राष्ट्रसंघले २०१६ मा हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विहानैबाट ‘विश्व योग दिवस’ मनाइदै छ ।
विश्व योग दिवसका अवसरमा स्याङ्जामा पनि विभिन्न कार्यक्रम भएकाछन् । पतञ्जली योग समिति स्याङ्जाले विहान वालिङमा प्रभातफेरी गर्नुका साथै विशेष योग साधना शिविर सम्पन्न गरेको छ । पतञ्जली योगपीठ वालिङमा भएको कार्यक्रममा योगका विविध विषयमा पतञ्जली योगपीठ नेपालका गण्डकी प्रदेश प्रमुख दीपक सिग्देलले प्रवचन दिनु भएको थियो । उहाँले योग मानव जीवनका लागि अपरिहार्य विषय भएको भन्दै यसको बारेमा जनमानसमा ज्ञान कम भएको धारणा राख्नु भयो । योग साधना गराउदै उहाँले भन्नुभयो ;योगको बारेमा पछिल्लो समय निक्कै आकर्षण बढेको छ ।’ पछिल्लो समयमा देखा परेका विभिन्न रोगबाट बच्न र नीरोगी जीवन जीउनका लागि योग निक्कै फलदायी हुने प्रमुख सिग्देलको भनाई छ ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको बताउनु भयो । उहाँले तनाव, रोग र शोक जस्ता विषयबाट मुक्ती पाउनका लागि नित्य योग साधना गर्न जरुरी रहेको स्पष्ट पार्नु भयो ।

पतञ्जली योगपीठका केन्द्रीय सदस्य रघुपति लम्सलालले रोग लागि सके पछि कष्टकर जीवन जीउनु पर्ने अवस्था आउने भन्दै समयमा नै सचेत बनेर योग तथा साधना गर्न जरुरी रहेको बताउनु भयो ।
पतञ्जली योगपीठ वालिङमा नित्य योग तथा सधाना शिविर सञ्चालन हुंदै आईरहेको योगपीठ स्याङ्जाका अध्यक्ष नारायण प्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो दैनिक विहान ५ वजेबाट ७ वजे सम्म नित्य योग साधना सञ्चालन भईरहेको छ । विहान दुई घण्टा योग साधानामा सहभागी हुंदा दिनभर निक्कै उत्साह थपिने बताउनु हुन्छ वालिङका व्यापारी यज्ञ प्रसाद अधिकारी, उहाँ भन्नुहुन्छ ‘मेरो दिनभरको तनाव र व्यवशायीक व्यस्ततालाई योगले सामान्य बनाईदिने गरेको छ ।’ आजको साधना शिविरमा पतञ्जली योगपीठ वयरघारीले चेतनामुलक नृत्य प्रस्तुत गरेको थियो । पतञ्जली योगपीठ वालिङबाट शुरु भएको प्रभातफेरी कार्यक्रमले बजारका विभिन्न भागको पयिरक्रमा गरेको थियो ।
पतञ्जली योगपीठको वालिङमा सुविधा सम्पन्न भवन समेत रहेको छ । स्याङ्जा आचार्य बालकृष्णको गृह जिल्ला पनि हो ।

योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरु गरेको योगमा १९५ वटा योगसूत्र समाहित छन् । योगसूत्रको श्रेय भने आदियोगी भगवान शिवलाई नै दिइन्छ । शिवबाट शुरुवात भएका योग विधाहरु क्रमशः सप्तऋृषिहरु मार्फत पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ ।









समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


