हुलाक सेवालाई समयानुकुल बनाउनुपर्छ – प्रजिअ क्षेत्री
भवानी अधिकारी,
स्याङ्जा ।
‘पोष्ट फर प्लानेट’ भन्ने मुल नाराका साथ विश्व हुलाक दिवस स्याङ्जामा पनि बिबिध कार्यक्रमगरी मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बिगतदेखि हालसम्म हुलाकको विश्वसनीयता कायम रहेको बताउदै आउदा दिनहरुका हुलाकका सेवालाई समयानुकुलन बनाउनु पर्नेमा जोड दिए । संचार र प्रबिधिका कारण केही ओझेलमा परे पनि हुलाक सेवाका कामलाई बजारीकरण गर्न र थप जिम्मेवारी दिनुपर्नेमा प्रजिअ क्षेत्रीको भनाई थियो । पछिल्ला दिनमा हुलाक सेवाप्रतिको विश्वसनियता र सस्तो सर्वसुलभ रहेको प्रजिअ क्षेत्रीको दावी थियो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, हुलाक कार्यालयका नायब सुब्बा रमेशराज ढकाल लगायतले शुभकामना मन्तब्य सहित बिगतमा हुलाकले बिमा लगायत बैंकिङ् कारोवार गर्दे आएको बताउदै हुलाकलाई थप जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।
हुलाक कार्यालय स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरिदार राहुल विकले स्वागत एवं खरिदार रोहीणीरमण पौडेलले संचालन गरेका थए । यसैगरी, सोही अवसरमा एक जना पत्रकार सहित ७ जना हुलाक कार्यालयका कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, हुलाक कार्यालयका नायब सुब्बा रमेशराज ढकाल, खरिदार राहुल विक, हल्कारा पाँचौ शालिकराम खनाल, हल्काराहरु लक्ष्मी कोइराला र गीता काफले र हुलाक प्रतिनिधी रामबहादुर विक रहेका छन् ।
स्याङ्जामा एक जिल्ला हुलाक कार्यालय सहित १२ वटा इलाका कार्यालय र ५३ वटा अतिरिक्त हुलाक कार्यालय छन् । कार्यालयले टिकट, एफ एम रेडियो नविनकर, पत्रिका दर्ता र नविकरण, केवल टिभी रोयल्टी, जरिवाना लगायत हुलाक सेवाबाट २०७८÷०७९ मा २१ लाख २३ हजार २४७ रुपैंया राजश्व संकलन गरेको प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


