सर्पले डस्दा वालिङमा एकको मृत्यु
असोज २४ गते ।
स्याङ्जाको वालिङमा एक पुरुषका सर्पले डसेर मृत्यु भएको छ ।
स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाकारी दिनुभयो ।
गएराति सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि लैजाने तयारी हुँदै गर्दा आज बिहान ४ बजे तिर खाँणको निधन भएको प्रहरीको भनाई छ ।
खाँणको बायाँ हातका दुई ठाउँमा सर्पले डसेको थियो । सर्प करेत जातसँग मिल्दोजुल्दो भएको प्रहरीको भनाई छ । आफन्तले बिरामीसँगै सर्प पनि मारेर अस्पताल पुर्याएका थिए ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


