वालिङ–पर्वत सडकखण्ड बिहानैबाट अवरुद्ध

असोज २१ गते ।
स्याङ्जा र पर्वत जोड्ने सडक आज बिहान देखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–९ नाकेडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
आज बिहान देखि सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसिरहेको र बाटो पूर्ण रुपमा अवरुद्ध भएको वालिङ– ९ का वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण ठूलो पहिरो झरेकाले दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएसँगै सवारी साधन तथा यात्रु बीच बाटोमै रोकिएका छन् । सडक माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकाले सडक सूचारु गर्न समस्या भएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
अरु बेलामा पनि सवारी साधनको चाप बढी हुने यस सडकमा दसैँको बेला झनै बढी चाप हुने गर्छ । यसैबीच वालिङ–जगत सडक खण्ड तथा आँधीखोला गाँउपालिकाको जुग्लेबाट पर्वत जोड्ने सडक पनि गएरातीबाट नै अवरुद्ध रहेको छ ।
जिल्लाका अधिकांस ग्रामिण सडक अवरुद्ध रहेकाछन् भने बिभिन्न जिल्ल्ला जोड्ने सडक पनि अवरुद्ध रहेको छ ।
मङ्गलबार रातिदेखि अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।

तस्वीर- अमृत श्रेठ(वडा अध्यक्ष)को फेसबुकबाट

Facebook Comments Box
TOP