बारा बस दुर्घटना : १६ को मृत्यु, २५ घाइते
काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।
ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।
दुर्घटनामा घाइते भएका २५ जनाको चुरेहिल अस्पताल हेटौँडा, पुरानो मेडिकल हस्पिटल चितवन, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र नयाँ मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। घाइते मध्येे ७ जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचार भईरहेको छ। जसमध्येे १२ वर्षीया प्रीति चौधरीको अवस्था गम्भीर रहेको छ। यस्तै १५ जनाको पुरानो मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ। जसमध्येे नाम नखुलेका अन्दाजी १५ वर्षीया किशोरीको पनि अवस्था गम्भीर रहेको छ।
यस्तै नयाँ मेडिकल हस्पिटल चितवनमा २ तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा एक जनाको उपचार भैरहेको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


