आज दशैँको महाअष्टमी, देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज दशैँको महाअष्टमी । आज बडादशैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रुपमा मनाउने  गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

आजका दिन  शक्तिपीठहरू पूजा गर्नेको बिहानदेखि भिड लाग्ने गर्छ ।

आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखेर पूजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्र मानी पूजा गर्ने गरिएको हो ।

Facebook Comments Box
TOP