वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारसभा, विकास निर्माणमा सहकार्य आवश्यक : नेतृ अर्याल
वालिङ,१२ असोज :
वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारसभा तथा आठौं अधिवेशनको शुभारम्भ भएको छ । लामो समय देखि संघको साधारण हुन सकिरहेको थिएन ।
साधारण सभाको उद्घाटन गर्दै पूर्व मन्त्री पद्मा कुमारी आर्यालले विकास निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । नेकपा एमालेकी केन्द्रीय सचिव समेत रहनु भएकी अर्यालले समग्र वालिङको विकासको लागि सबै राजनीतिक दलका साथै सबै क्षेत्रका व्याक्तिहरु एक भएर लाग्नुपर्ने बताउनु भयो ।
देशको विकासको लागि निजिक्षेत्रको ठुलो सहयोग रहेको बताउदै उद्योगी व्यापारी एवं व्यावसायीहरुका समस्यामा आफुहरुका तर्फबाट सक्दो सहयोग रहने पनि बताउनुभयो ।
नेतृ अर्यालले वालिङ उद्योग वाणिज्य संघको नवनिर्मीत सचिवालय भवनको समेत उद्घाटन गर्नुभएको थियो ।

एक फरक प्रसंगमा एमाले सचिव समेत रहनुभएकी अर्यालले गठबन्धन सरकारले आफुहरुले सञ्चालन गरेका जिल्लाका धेरै योजनाहरुको कटौती गरेको बताउदै विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, नेपाली कांग्रेसका नगरसभापति नेत्र प्रसाद पाण्डे, नेकपा एकीकृत माओवादीका संयोजक प्रकाश न्यौपाने (किरण) लगायतले बोल्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वालिङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि पूर्व सहमतीको पालना गरी अगाडि बढिने तय भएको व्यवसायीहरुले बताएकाछन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


