आजदेखि देशभर ‘रुट परमिट’ खुला ।
पोखरा:
दशैं, तिहारका लागि घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।
दशैंको पूर्णिमा (असोज २३ गतें) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।
कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए । अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बिस चक्के सवारीसाधन चल्न पाउने छैनन्। विभागले यस्ता सवारीलाई असोज १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ।
समाचार
थप सामाग्रीपरीक्षा दिएर फर्कदै गरेका विद्यार्थीको बसबाट खसेर मृत्यु ।
२ हप्ता अगाडि
स्याङजा,३ बैशाख । स्याङजाको वालिङमा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । वालिङ नगरपालिका–१३ मा बुटवलबाट पोखराका लागि छुटेकको…