श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्तर्क्रिया
स्याङ्जा २६ भदौ :
श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले श्रम ऐनको कार्यान्वयनमा आफु प्रतिवद्ध रहेको जनाउदै श्रमजीवीलाई दोहोरो सम्झौता गरेर मात्र काम गर्न सुझाव दिनुभयो । श्रमजीवी र दोश्रो पक्षबीच भएका सहमति कार्यान्वयनमा कहिं कतै समस्या देखिएमा कानूनी उपचारका लागि सहयोग गर्ने बताउनुभयो ।
प्रत्येक दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजन मानवका अधिकार भएता पनि हाम्रो जस्तो मुलुकले यस्को उपयोग गर्न नसक्नु दुखद पक्ष रहेको बताउनुभयो । सबै श्रमिक बर्गको हितका पक्षमा आफु रहेको जनाउदै आफनो पदीय जिम्मेवारी र कर्तब्य पुरा गर्न र कानूनतः तोकिएका पारिश्रमिक पाउनु सबैको अधिकार रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, महासचिव रामचन्द्र नेपाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत लक्ष्मण बरालले श्रम, श्रमिकका अवस्था, रोजगार गर्दा अपनाउनु पर्ने कुरा र सम्झौता, न्यूनतम पारिश्रमिक, बाल श्रम, श्रम शोषण, ट्रेड युनियन अधिकार लगायत श्रम र रोजगार सम्बन्धी बिबिध बिषयका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
श्रम तथा रोगजार कार्यालयका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत एवं नायब सुब्बा गुरुप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा ५० भन्दा बढी श्रमिकहरुको सहभागिता थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


