साफ यू-१७ मा नेपालले भारतलाई ३-१ गोलले हरायो ।
काठमाण्डौ:
श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ।
शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्यो। नेपालले सुरुमा गोल खाए पनि त्यसपछि तीन गोल गरेको थियो।
जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो। नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए।
नेपालसँग पराजित भएको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो।शुक्रबार भारतले नेपालविरुद्ध पहिले अग्रता लियो। भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए। उनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो।
४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे।यस्तै खेलको ६८ मिनेटमा सुवास बमले उत्कृष्ट फिनिसिङ गर्दा नेपालले अग्रता ३-१ मा पुर्यायो। अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। जित हात पारे नेपालले बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
यता समूहमा उपविजेता बनेको भारतले भने सेमिफाइनलमा सोमबार नै समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


