नेपाली सेनाले माग्यो चार हजार पदमा दरखास्त ।
काठमाण्डौ:
नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।
खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ ।
आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।
देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


