सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा
काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।
१७ वर्षकी किशाेरीलाई बलत्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ ।
गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएकाे छ ।
लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


