जबर्जस्ती करणी कसुरमा कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान सुरु ।
काठमाडौँ :
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका किशोरी जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।
जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसिएमसी)मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको काठमाडौं प्रहरीले जनाएको छ । ती किशोरीको उमेर १७ वर्ष रहेको छ ।अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जनाएको छ ।
हाल उनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


