शिक्षक संगठन आँधीखोलाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दिप्तीनारायण शर्मा
आँधीखोला :
नेपाल राष्ट्रिय शिक्षक संगठन आँधीखोलाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिप्तीनारायण शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । दोस्रो अधिवेशनको उद्घाटन गर्दै आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर कुमार पौडेलले शिक्षकहरु पेशा प्रति इमान्दार र समयानुकुल दक्षता हासिल गरी विद्यार्थीको उज्जवल भविश्यको लागि खट्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङगठन स्याङ्जा जिल्ला अध्यक्ष हिमलाल ढकालले सवै शिक्षक साथीहरु सङ्गठनमा आवद्ध भएर आधुनिक प्रविधिसँग खेल्दै सिकाइ सहजिकरण गर्न आग्रह गर्नुभयो ।
भेलाले महिला उपाध्यक्षमा सङ्गिता लामिछाने ढकाल, उपाध्यक्ष प्रेम प्रसाद पौडेल, सचिव धनीराम ढकाल, सह सचिव पृती गुरुङ, कोषाध्यक्ष निलकण्ठ शर्मा, सह-कोषाध्यक्ष शान्ति पौडेल, सदस्यहरुमा भुषण लामिछाने, खिमराज पौडेल, गिरबहादुर कार्की, रामकृण्ण लामिछाने, पुर्खराज पौडेल, रामचन्द्र रिजाल, सुनिता ढकाल कमला नेपालीलाई सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा दोलराज ढकाल, डिलबहादुर थापा, देवराज लामिछाने लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
जीवनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत लिला तिवारी ढकालले र सञ्चालन पूर्खराज पौडेलले गर्नुभएको रोशन लामिछानेले जानकारी दिनुभयाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


