असोज ८ गते वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने
स्याङजा,
भदौ १८ गते ।
स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते म्याराथन प्रतियोगिता हुन लागको हो ।
‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगिता १९.२ कि मि लामो हुने भएको आयोजनकले जनाएको छ ।
स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर म्याराथन प्रतियोगिता राखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भीरकोट नगरपालिकाको कार्यालय गेटबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको कार्यालय गेटमा आएर टुङ्गिने छ । देशका विभिन्न शहरहरुमा हुँदै आएको म्याराथन प्रतियोगिता स्याङ्जामा पनि आयोजना गरेर खेललाई स्थानीय तहसम्म पु¥र्याइ खेल प्रतिभा खोज्ने आयोजकले जनाएको छ ।
खेलकुदका प्रतिभाहरुलाई प्रस्फुटन गराई टोल,जिल्ला र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन म्याराथनको आयोजना गरिएको कार्यक्रम संयोजक हरी रेग्मीले बताउनुभयो ।

‘लियो मिनी म्याराथन’मा गण्डकी प्रदेशका तथा अन्य जिल्लाहरुबाट करिब ३०० भन्दा बढी धावकहरुको सहभागिता रहने क्लवका पूर्ब अध्यक्ष एबं लियो जिल्ला परिषद एम नेपालका सचिव दिक्षान्त प्रताप खाँणले जानकारी दिनुभयो ।
सहभागीहरुमध्ये उत्कृष्ट दश जनालाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम ,द्वितीय,तृतिय,सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः रु ३० हजार,२० हजार, १० हजार , ४ हजार नगद पुरस्कार रहेको छ । पाँचौ, छैटौँ र सातौँ हुनेलाई जनही नगद ३ हजार,मेडल र प्रमाणपत्र तथा आठौँ,नवौँ र दशौँ स्थान हासिल गर्ने धावकलाई नगद २ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका संयोजक हरि रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी प्रत्येक धावकको एक लाख सम्मको दुर्घटना बिमा गरिएको क्लवले जनाएको छ । प्रतियोगिताको लागि प्रायोजक तथा दर्ता शूल्क गरी रु ६ लाख ४० हजार आम्दानी अनुमान गरेको क्लवले रु ५ लाख ५४ हजार रुपैयाँ खर्च अनुमान गरेको छ ।
म्याराथन प्रतियोगिता हुने ट्यार्कको नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाईएको खाँणले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा सञ्चार क्षेत्रका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु हुँदै पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सबै पालिकाहरुसँग समन्वय गरेर प्रतियोगिता गर्न आयोजकलाई सुझाव दिनुभयो ।
२०७६ सालमा वालिङमा स्थापना भएको लियो क्लव अफ वालिङ सिटीले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कोभिड–१९ संक्रमणको समयदेखि समाजमा रहेका असहाय नागरिकहरुको सेवाको लागि लियो क्लवले काम गर्दै आइरहेको छ ।
पत्रकार सम्मेलनमा क्लवका प्रथम उपाध्यक्ष प्रज्वल रनपाल,सचिव किसोर बस्याल लगायतले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


