नेपालले जित्यो केन्या विरुद्धको टी–२० श्रृखंला
काठमाण्डाै : केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला जितेकाे छ । पाँचाैँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।
नेपालले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनायाे ।
रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, राेहित पाैडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
यसअघि शृङ्खलामा नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे थियाे । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


