रूपन्देहीको फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला, स्वास्थ्य अवस्था सामान्य ।

बुटवल:

रूपन्देहीको शुद्दोधन गाउँपालिकास्थित फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला परेको छ।

सौ फर्साटिकरस्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ।सोमबार बिहान करिब ८ बजेतिर स्थानीय दुर्गा रानाले झाडीमा बेवारिसे नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्धार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याए थियो। शिशुलाई थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइ पुन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।

बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। हाल शिशुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। शिशु कसले जन्माएर फालेको भन्नेबारे खोजी भईरहेको प्रहरीले जनाएको छ।

 

Facebook Comments Box
TOP