अब स्याङजाको उत्तरवाहिनीमा मिनी मुक्तिनाथ क्षेत्रधाम सञ्चालन हुने ।
हिमाल न्यौपाने/स्याङजा :
स्याङजाको गल्याङ नगरपालिका १ मालुङ्गामा अवस्थित उत्तरवाहिनी क्षेत्रमा मिनि मुक्त्तिनाथक्षेत्र धाम निमार्ण गर्ने तयारीमा जुटेको छ । पाल्पा र स्याङजाको बीचमा त्यो पनि उत्तर तर्फ फर्केर बगेको कालिगण्डकीको सभ्यता अतिनै ठुुलो रहेको पाईन्छ । सबैले खोज्ने उत्तर यहि उत्तरवाहिनी क्षेत्रमा पाईन्छ भन्ने विश्वास पनि रहेको छ ।
कालीगण्डकी को सभ्यता संस्कार संगै आविस्कार ज्ञान र विज्ञानको चमत्कार बाट धार्मिक, पौराणिक तथा आध्यात्मिक क्षेत्रलाई समेट्दै अगाडि बढिरहेको यस उत्तरवाहिनी क्षेत्रले चार धामको योजना अगाडि सारेको पाईन्छ । यसको समग्र विकास निर्माण का लागि सबैको साथ रहनु जरुरी छ । मुत्तिनाथ धाम निमार्णका लागि कालीगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठान द्धारा १०८ धारा जुन मकरमुख निर्मत रहेका छन् साथै उत्तरवाहिनी परिसरमा १०८ पिपल र १०८ तुलसी सहित निमार्ण गर्ने योजना का साथ काम अगाडि बढेको छ असहाय तथा असक्त ब्यतिmहरु जुन मुक्तिनाथ धाम जान सक्नुु हुुन्न वहाँहरुका लागि सहज वातावरण बनाउने प्रयासमा यो योजना ल्याइएको कुुरा श्री कालीगण्डकी ज्ञान बिज्ञान प्रतिस्ठानका अध्यक्ष श्री चैतन्यकृष्ण ले वताउनुभयो

यसै मुक्तिनाथ धाम निमार्ण को लागि समितिका अध्यक्ष श्री जगदिश गैरे यसको महिमा तथा महत्व का बिषयमा उल्लेख गर्नुु भएको थियो यसको निमार्ण कार्य सुरु भई सम्पन्न गर्नका लागि करिव १ करोण लाग्ने अनुुमान गरिएको छ । भने यसमा हिमाल शिब आकृति मुर्ति , कालिगण्डकी को जल सहितको दृश्य तथा बिभिन्न आकृतिमा गुफ समेत निमार्णका गरीने मुक्तिनाथ थाम निर्माण समितीका अध्यक्ष जगदीश गैरेले बताउनुभयो ।
यसको समग्र विकास निर्माण का लागि सबैले साथ मा साथ दिन सक्ने हो भने अबस्य यो पबित्र धाममा श्रद्धालु भक्तजन को घुईचो बढ्ने छ मिनि मुक्तिनाथ धाम को योजना सफल बन्नेछ । त्यसैले महान विचार र उदेश्यले कार्य गर्न सके अबस्य पनि सफल भईन्छ भन्ने अपेक्ष गर्न सकिन्छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


