मतदाता बैधानिकताका लागि दावी बिरोध
भवानी अधिकारी/स्याङ्जा :
निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावलीलाई बैद्यानिकता दिने उदेश्यले मतदाता नभएका ब्यक्ति वा गैर—मतदाता भए दावी बिरोध गर्न सुचित गरेको छ।
मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि जिल्लाभरका अन्तिम मतदाता नामावली तयार पार्नका लागि जिल्ला निर्वाचन कार्यालयले आफना कार्यलाई अघि बढाएको हो।
निर्वाचन कार्यालयद्धारा बुधवार स्याङ्जा सदरमुकाममा आयोजित सरोकारवालीबीचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले यही भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने बताए।
उनका अनुसार, ‘झुटा बिवरण भएका, एक भन्दा वढी स्थानमा नामावली भएका, मृत्यु भैसकेका ब्यक्ति लगायत त्रुटी सच्चाउने र एउटै वडाभित्रका अपायक स्थानमा मतदान केन्द्र भएमा पायक पर्ने स्थानमा सार्न सकिनेगरी दावी बिरोध गर्न सकिनेछ।’
यसैगरी, नागरिकता त्याग गरेका र उजुरी परेका मतदातालाई प्रमाण सहित सफाईको मौका समेत मिल्ने उनले जानकारी गराए।
दावी बिरोधका लागि जिल्ला निर्वाचन कार्यालयमा जानकारी÷उजुरी गर्न र सबै पालिकामा मतदाता नामावली अद्यावधिक गर्न सकिने ब्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार स्याङ्जामा २ लाख ४८ हजार ३३३ मतदाता छन। ती मध्ये पुरुषको संख्या १ लाख २० हजार ९४१ र महिलाको संख्या १ लाख २७ हजार ३९१ छ।
स्थानीय तह निर्वाचनपछि पुरुषतर्फ ४ हजार २७५ र महिलातर्फ ३ हजार ५२३ गरी ७ हजार ७ सय ९८ जना मतदाता थप भएका छन्। मतदाता नामावलीमा फोटो खिचाएका र मंसीर ३ गतेसम्म १८ बर्ष पुगेका नागरिकले मतदान गर्न पाउनेछन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाको अवस्थाका र समस्याका बारेमा सुझाव दिए।
नेपाली कांग्रेसका सदस्य सोमनाथ लम्साल, नेकपा एमालेका अमृत श्रेष्ठ, राप्रपाका सचिव श्यामकृष्ण श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नेकपा एसका शंकरध्वज कार्की, जय मंगोल अर्गानाइजेशनका सचिव विकास गुरुङ् लगायतले जिज्ञासा ब्यक्त गरेका थिए।
अन्र्तक्रियामा जिल्ला स्थित राजनीतिक दलहरु, स्थानीय पालिका प्रमुख, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागीता थियो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


