गल्याङ जेसीज सम्मानित 

साधना न्यौपाने /स्याङ्जा
नेपाल जेसीजको आयोजना र गोरखा जेसीजको आतिथ्यतामा समपन्न भएको क्षेत्र ख सम्मेलन गोरखा मा सम्पन्न भएको छ ।
भाद्र  ३ र ४ गते सम्पन्न क्षेत्र सम्मेलन मा गल्याङ जेसीज सामाजिक उत्तरदायित्वबाट सम्मानित भएको हो क्षेत्र ख मा ३९ शाखा रहेका मध्ये दोस्रो सम्मानित शाखा गल्याङ जेसीज रहेको थियो । क्षेत्रीय सम्मेलन लाई उदघाटन गर्न पुर्ब प्रधानमन्त्री एब नेपाल कम्निष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियोे । गोर्खा जेसीजको आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा पहिलो दिन उदघाट्न सत्र तथा दोस्रो दिन मार्च पास तथा २०२३ का लागि क्षेत्र ख सम्मेलन म्याग्दि जेसीज लाई दिने भेला बाट सर्बमत पारित गरेको थियो ।
त्यसै गरि नेपाल जेसीजले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा निर्वचित गल्याङ जेसीजका मानार्थ सदस्य तथा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई , गल्याङ जेसीज  २०२२ का अध्यक्ष सल्लाहकार एब गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपाने र गल्याङ जेसिज बर्ष २०२२ को सास्कृतिक संयोजक तथा चापाकोट नगरपालिका उपप्रमुख इशा राना लाई समेत सम्मान गरेको थियो ।
Facebook Comments Box
TOP