गल्याङमा सकारात्मक जीवन शिक्षा कार्यक्रम सम्पन्न ।

आँधीखोला खवर / गल्याङ :
सकारात्मक जीवन सम्वन्धी तालिम गल्याङ नगरपालिका ११ स्याङ्जामा सम्पन्न भएको छ । गल्याङ जेसिजको आयोजना, गिनचौर इङलिस बोर्डिङ स्कुलको व्यवस्थापन र सकारात्मक जीवन अभियानको समन्वयमा सकारात्मक जीवन शिक्षा कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका शिक्षा शाखाका प्रमुख केदारराज आचार्यले सकारात्मक सोच जीवनमा अति आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै शिक्षक महासंघ स्याङ्जा जिल्ला उपाध्यक्ष राजेन्द्रदेव खनालले यस्ता कार्यक्रम हरेक विद्यालयमा पुर्याउन आवश्यक रहेको बताउनु भयो उहाँल । शिक्षक संघ प्रदेश ५ का सदस्य दामोदर तिमिल्सिनाले सिकाईका ३ तह हुने र सकारात्मकताका कुरा जानेर मात्र हुँदैन त्यसलाई व्यावहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
तीन वटा सेसनमा संचालित तालीममा उत्प्रेरक वक्ता तथा प्रशिक्षक मुक्तीनाथ गैह्रेले विद्यार्थी जीवनमा अति आवश्यक सकारात्मक व्यवहारको बारेमा उत्प्रेरणामुलक प्रस्तुति दिनु भएको थियो । अर्का प्रशिक्षक दर्वेन्द्रदेव खनालले प्रशंसनीय खोजका बारेमा तालिम दिनु भएको थियो ।गल्याङ जेसिजका अध्यक्ष तथा सकारात्मक जीवनका अभियान्ता शिव खनालले सकारात्मक जीवन सम्बन्धि कक्षाको सहजीकरण गर्नु भएको थियो ।


गिनचौर अङ्ग्रेजी स्कुल गल्याङ ११ जिमुहामा सम्पन्न कार्यक्रममा स्कुल अध्ययनरत विद्यार्थी, कक्षा ११ र १२ दिएर बसेका विद्यार्थीहरु सहित ७५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको अन्तिममा सकारात्मक सोच र प्रवृतिको विस्तार गर्न गल्याङ नगरपालिकाको संयोजकमा दर्बेन्द्र देव खनाललाई तोकिएको थियो । त्यस्तै २ वटा सकारात्मक जीवन समूह गठन गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP