धार्मिक र सामाजिक कार्यमा सक्रिय हुँदै मुक्तिनाथ विकास बैंक
वालिङ,साउन १० गते ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्व हिन्दु महासङ्घ जिल्ला शाखा स्याङजासँग सहकार्य गरेको छ ।
विश्व हिन्दु महासंघ स्याङजाले शुरु गरेको सामाजिक अभियानमा बैंकको वालिङ शाखाले सहकार्य गरेको हो ।
बैंकको तर्फबाट उपक्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्लेले बिश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेलाई नगद रु ५० हजार प्रदान गर्दै बैंकलाई सामाजिक कार्यमा सहभागी गराउनु भएको हो ।

कार्यक्रममा बोल्दै वालिङ नगरउपप्रमुख कविता तिवारीले सामाजिक कार्यका लागि बैंकले गरिरहेको सहकार्य सकारात्मक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगले समाजमा सकारात्मक काम गर्न सहयोग गर्नेछ ।’ सामाजिक कामले गर्दा नै मुक्तिनाथ विकास बैंकले छोटो समयमा नै राम्रो प्रगति गर्न सफल भएको उपप्रमुख तिवारीको भनाई छ ।
बैंकका उपक्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख काफ्लेले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ बिकास बैंकले विभिन्न सामाजिक काम गर्दै आईरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि यस्ता सहकार्यका कामलाई बढाउँदै जाने छौं ।’
कार्यक्रममा “बैदिक सम्यता” नामक गहन पुस्तक विमोचन समेत गरिएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरि प्रत्येक शाखाबाट विभिन्न सामाजिक कार्य गर्दै आएको बैंकका वालिङ शाखा प्रमुख सुन्दर श्रेष्ठले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


