एसईईको नतिजा आगामी बिहीबारसम्ममा ।

see

काठमाण्डौ:
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी बिहीबारसम्ममा सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट मार्फत हेर्न सकिने जनाइएको छ । गत वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी भएका थिए ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP