पाल्पामा बस दुर्घटना हुँदा ६ जनाकाे ज्यान गयाे
पाल्पा : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
बाग्लुङकाे बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।
गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन । तस्वीर -सामाजिक सञ्चाल
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


