काठमाण्डौको भृकुटीमण्डपमा आगलागी ।
काठमाण्डौ:
काठमाडौंको भृकुटीमण्डपमा बुधबार दिउँसो आगलागी भएको छ। भृकुटीमण्डपभित्र रहेको ह्विलचेयर गोदाममा आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो।
‘अहिले आगलागी नियन्त्रण गर्ने काम भइरहेको छ’, उनले भने ‘आगलागीपछि काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन। आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन।’ प्रहरी उपरीक्षक मैनालीले घटनाको थप विवरण आउन बाँकी रहेको बताए।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


