भीरकोट मासु व्यवसायी संघको साधारण सभा सम्पन्न ।

चुत्र महत / भीरकोट :
भीरकोट मासु व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख छायाराम खनालले मासु व्यवसाय जोखिम संगै मर्यादित पेशा भएको भन्दै ईमान्दारीता,व्यवहारीकताका साथ शुद्ध, सफा गुणस्तरीय मासु सेवाग्रहीलाई प्रदान गर्न आग्रह गर्नु भयो । नगरपालिकामा वधशाला नहुनाले व्यवसायीले दुख पाएको भन्दै छिटै जग्गा खोजी वधशाला निर्माण गर्ने वताउनु भयो । व्यवसायीहरुले मासु काट्दा निस्कने फोहोर जन्य वस्तुहरुलाई अन्यन्त्र जथावावी नफाली व्यवस्थीत रुपमा राख्न र नगरपालिकाको फोहोर वोक्ने गाडीमा हाली दिन समेत नगर प्रमुख खनालले आग्रह गर्नु भयो ।

साधारण सभामा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचायले सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखी सफा ताजा मासु विक्री गर्नु पर्ने बताउनु भयो उहाँले व्यवसाय गर्दा अपनाउन पर्ने सवै खाले प्रक्रिया वुझी व्यवसाय गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्त वहादुर क्षेत्री, भीरकोट पशु सेवा शाखाका प्रमुख शुशिल अर्याल,कृषी केन्द्र स्याङजाका प्रमुख विश्वनाथ गौतम र नगर प्रवक्ता दिपेन्द्र केसी लगायतले व्यवसायिक हक हितका वारेमा आ—आफ्ना भनाई रोखेका थिए ।
भीरकोट मासु व्यवसायी संघका अध्यक्ष इनुुस मिँयाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव तारा प्रसाद अर्यालले र स्वागत उपाध्यक्ष झण्ड वहादुर अधिकारीले गर्नु भएको थियो । साथै भीरकोटका ३० जना मासृु व्यवसायीलाई एप्रोन,परीचय पत्र र प्रमाणपत्र वितरण समेत गरीएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


