अवरूद्ध मुग्लिन-आँबुखैरेनी सडकमा पहरो काटेर खुलाईदै ।
काठमाण्डौ:
मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि अहिले डोजरले काम गर्न थालेको छ।
‘पहरो काटेर बाटो निकाल्न काम भइरहेको छ। साँझसम्म साना गाडीहरू पास गराउन सकिन्छ कि भन्ने छ,’ अर्यालले भने।मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।
आँबुखैरेनीबाट मुग्लिनतिर गइरहेको कार बिहान सडक भाँसिदा सँगै खसेजस्तो देखिएको प्रजिअ अर्यालले बताए। सडक भासिएपछि पोखरा, गोरखा, तनहुँलगायत ठाउँबाट आउने सवारी साधन रोकिएका छन्। प्रजिअ अर्यालका अनुसार ठूला गाडी पनि चलाउने गरी सडक कसरी बनाउन सकिन्छ भन्नेबारे अहिले विभागका इन्जिनियरले अध्ययन गरिरहेका छन्।
‘बेलिब्रिज हाल्ने कि के गर्ने भन्नेबारे उहाँहरूले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ,’ अर्यालले भने,‘जे गर्ने भए पनि यो सडकमा ठूला गाडी चल्न केही दिन लाग्ने देखियो।’आँबुखैरेनीबाट गोरखा हुँदै धादिङको आरूघाट निस्कने कच्ची बाटो भए पनि त्यो बाटोमा ठूला गाडी चल्न नसक्ने भएकाले पोखराबाट मुग्लिन पुग्न स्याङ्जा-बुटवल-नारायणघाटको बाटो जानु पर्ने भएको उनले बताए।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


