स्याङ्जामा हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रकाश डोटेल,
स्याङ्जा, २० जेठ ।
स्याङ्जाको हरिनास गाउँपालिकाबाट हातहतिहार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं. ३ बस्ने ४१ वर्षीय तुल बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जा जिल्ला अदालतले २०७८ असोज १९ को फैसला अनुसार हातहतियार तथा खरखजना मुद्दामा पाँच महिना कैद र ६ हजार जरिवाना तोकिएपछि फरार रहेका रानालाई प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका रानालाई जिल्ला अदालत समक्ष पेश गरेपछि कैद भुक्तानीको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


