अर्थ आयकर तिर्नुपर्ने सीमा परिवर्तन, अब वार्षिक ६ लाख कमाउनेले एक प्रतिशत मात्रै कर तिरे पुग्ने
सरकारले व्यक्तिगत आयकर सीमालाई परिवर्तन गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटले रु.६ लाखसम्म वार्षिक आय भएका दम्पतीले अब एक प्रतिशत मात्रै आयकर तिरे पुग्ने व्यवस्था गरेको हो। यसअघि यो सीमा रु.चार लाख ५० हजार थियो।
एकल व्यक्तिका हकमा रु.पाँच लाखसम्मको वार्षिक आयमा अब एक प्रतिशत मात्रै कर तिरे पुग्नेछ। आयकरको सीमा परिवर्तन गर्न लामो समयदेखि माग हुँदै आएको थियो।
बजेटले वेतनभोगीलाई लक्षित गरी आयकर लाग्ने सीमा परिवर्तन गरी रु.६ लाख (विवाहितको हकमा) पुर्याएको हो।
अब वार्षिक रु.६ लाख कमाउनेले एक प्रतिशत मात्रै कर तिरे पुग्नेछ। त्यसभन्दा बढीको आयमा आम्दानी अनुसार १० प्रतिशतभन्दा धेरै आयकर लाग्नेछ।
बजेटले बीमाको प्रिमियम गर्दा रु.४० हजारसम्म घटाउन पाउने व्यवस्था गरेको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


