वालिङ : गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

वालिङ :

रोटरी क्लब अफ वालिङद्वारा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले गरे रक्तदान गरेकाछन् ।

“रक्तदान जीवन दान”भन्ने नारा सहित वालिङ सामुदायीक डायलासिस सेन्टर वालिङ फुलबारीमाआयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले एक कार्यक्रमका बिच रक्त ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग र रोटरी क्लब अफ वालिङको आयोजनामा सम्पन्न भएको हो ।

नगरप्रमुख खाणले ४३औँ पटक रक्तदान गर्नुभएको छ ।

हरेक सङ्घ संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका नगरप्रमुख खाणले शनिबार रोटरी क्लब अफ वालिङद्वारा आयोजित रक्तदान कार्यक्रममा ४३औँ पटक रक्तदान गर्नुभएको हाे ।

कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थीहरूलगायत विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए ।

 

Facebook Comments Box
TOP