वालिङ : नगर प्रमुख र उपप्रमुखद्धारा पदभार ग्रहण
स्याङजा ९ जेठ :
वालिङ नगरपालिकाका प्रमुख र उपप्रमुखले सोमबार पदभार ग्रहण गर्नुभएको छ । सोमबार विहान ९ः३० बजे बैदिक पुजाआजा सहित नगरप्रमुख कृष्ण खांण र उपप्रमुख कविता तिवारी गैह्रेले औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको हो ।
पदभारसंगै प्रमुख खाँणले गह्रौं अस्पताल वालिङमा १ वर्ष भित्र सिएस अर्थात सिजारियान् सेक्सन सेवाको स्थापना गर्ने र ग्रामिण दुई सडकको तत्काल स्तारोन्नति गर्ने निर्णय गर्नुभएको छ । पदभार ग्रहण संगै नगरप्रमुख खांणले दुई निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सिएस सेवा भनेको नर्मल डेलिभरी हुन नसकेका महिलाहरुका लागि अपरेशन गरी बच्चा जन्माउने सेवा हो ।
वालिङका नागरिक डेलिभरी सेवाका लागि जिल्ला अस्पताल स्याङ्जा, पाल्पा र पोखराका विभिन्न अस्पताल धाउनुपर्ने बाध्य छ् । सिएस सेवासंगै दुई जिल्लाका महिलाहरु लाभान्वित हुनेछन । पर्वतका केहि पालिका र जिल्लाका गर्भवती महिलाहरु लाभान्वित हुनेछन ।
यस्तै वालिङ १२ डाँडाखर्क र वालिङ १४ अर्खलबासको ग्रामीण सडक स्तरोन्नति गरिने निर्णय गरिएको छ । उक्त दुई ग्रामिण सडकखण्ड स्तरोन्नति गरी थप दुर्घटनाको जोखिमलाई हटाउन यस्तो निर्णय गरिएको नगरप्रमुख खांणले बताउनुभयो । डाँडाखर्कमा गत बैशाख ४ गते जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना घाइते भएका थिए । दुर्घटनामा सात महिना बच्चा र आमाको मृत्यु भएको थियो ।
यसैगरी ३० गते निर्वाचनका दिन मतदाताबोकेको जीप अर्खलबासमा दुर्घटना हुँदा एक गर्भवती सहित १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना ९ जना घाइते भएका थिए । घाइतेहरुको उपचार भैरहेको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


