चापाकोटमा निशुल्क माटो परिक्षण शिविर शुरु ।

माधव भट्टराई / चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकामा निशुल्क माटो परिक्षण शिविर शुरु भएको छ । नगरपालिकाको कार्यालय परिसरमा शुरु भएको शिविरको उद्दघाटन गर्दै चापाकोट नगर प्रमुख शिव कुमार गिरीले नगर क्षेत्रमा रहेको जमिनको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले माटो परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा परिक्षण गराई आ—आफ्नो जग्गाको माटोका अवस्था पत्ता लगाउन नगरवासीलाई आग्रह समेत गर्नु भयो । माटोको अवस्था जानकारी भएमा सोही अनुशारको विभिन्न गतिविधी गर्न सकिने छ भन्दै नगर प्रमुख गिरीले भन्नुभयो जमिनको उत्पादकत्व वढाउन पनि माटोको वास्तविक अवस्था जान्न आवश्यक छ ।

३ दिन सम्म चल्ने माटो परिक्षण शिविरबाट नगरपालिकाका १० वटै वडाका कृषकहरुले माटो परिक्षण गराउनेछन् । कार्यक्रमको सञ्चालन जीवन डोटेलले गर्नु भएको थियो ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


