पुतलीबजारमा कांग्रेसलाई माओवादीले सहयोग गर्ने
काठमाडौँ, २९ बैशाख :
नेपाल कम्युनिस्ट पार्टी माओवादी स्याङ्जाले पुतलीबजारमा आफ्नो उमेद्वार निष्क्रिय बनाउदै नेपाली कांग्रेस स्याङ्जा पुतलीबजारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज नेपाली कांग्रेस पार्टी कार्यलयमा बसेको संयुक्त बैठकले केन्द्रको गठबन्धनको निर्णय, भावना र मर्म अनुसार प्रतिगामी तत्व र शक्तिलाई परास्त पर्नको लागि आफू पछि हटि तुलसीराम रेग्मीलाइ समर्थन गरेको पुतलीबजारमा माओवादीको तर्फबाट मेयर पदमा उमेदवार दिनुभएको माओवादी नेता नारायण लम्सालले जानकारी दिनुभयो ।
साथै आम नेकपा माओवादी केन्द्रका सम्पुर्ण नेता ,कार्यकर्ता आम मतदाता, शुभचिन्तक, इस्टमित्र, सम्पुर्ण पुतलीबजार नगर बासिलाइ एक जुट भएर पुतलीबजारमा गठबन्धनका उमेदवार तुलसीराम रेग्मी (नेपालि कांग्रेस), उप-मेयर देबि अर्याल(नेपाली कांग्रेस) लगाएत १४ वटै वडामा गठबन्धनका सम्पुर्ण उमेदवारहरुलाई आफ्नो मत दिएर बिजयी गराइदिन अनुरोध गर्नुभएको छ ।
यस्तै गरि कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेद्बारी दिनुभएका तुलसीराम रेग्मीले केन्द्रको निर्णय र गठबन्धनको मर्मलाई आत्मसाथ गरि अगाडि बढ्नु पर्ने र देश जोगाउन, लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न सबै एक जुट हुन जरुरी रहेको बताउनुभयो। माओवादी केन्द्रका यो साथ सहयोगको उच्च मुल्यांकन गर्ने र भाबी दिनमा समग्र पुतलीबजारको बिकासको लागि कांग्रेस र माओवादी केन्द्र एक भएर हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा माओवादीका सम्पुर्णलाई धन्यवाद दिनुभएको छ ।
.jpg)


समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


