स्याङ्जा सहयोग समाज हरिनास ईकाई दोहा कतारले मिर्गौला पीडित विकलाई नगद सहयोग ।

आँधीखोला खवर :
स्याङ्जा सहयोग समाज हरिनास गाउपालिका ईकाई दोहा कतारले दुवै मिर्गौलामा समस्या आए पछि उपचाररत हेम वहादुर विकलाई आर्थिक सहयोग गर्ने भएको छ । समितिको वैठकले हरिनास गाउँपालिका ६ क्याक्मी डाँडाखानीका विकलाई रु २५ हजार नगद सहयोग गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष हुत वहादुर क्षेत्रीले रोजगारको शिलशिलामा विदेशमा रहे पनि आफ्नो गाँउ—ठाँउको लागि कोही गर्नु पर्छ भनेर सहयोग गरिएको जानकारी दिनुभयो ।कतारको सनैया लेभर सिटि ४ नम्बर गेट भित्र पार्क भएको वैठकमा हरिनास गाउपालिका स्थायी घर भई दोहा कतारमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


